सानिमा बैंकका ग्राहकले दराजबाट सामान खरिद गर्दा विशेष छुट पाउने

३ श्रावण २०७८, आईतवार १२:२७

काठमाडौं । सानिमा बैंकका ग्राहकले दराजबाट सामान खरिद गर्दा विशेष छुट पाउने भएका छन् ।अनलाइन पोर्टल दराज केयमूसँगको सहकार्यमा बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्तालाई दराजबाट सामान खरिद गर्दा विशेष छुट दिने भएको छ ।

दराजको महाबचत बजार योजनाअन्तर्गत बैंकका ग्राहकले डेबिट कार्ड प्रयोग गरी सामान खरिद गर्दा १५ प्रतिशत वा अधिकतम १ हजार ५ सय सम्मको छुट प्राप्त गर्न सक्नेछन् । यो योजनासाउन ३ देखि साउन ७ गतेसम्म लागू हुने बैंकले जानकारी गराएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*