आरएमडीसी लघुवित्तको संस्थापक शेयर बिक्रीमा

३ श्रावण २०७८, आईतवार १२:४९

काठमाडौं । एन आई सी एशिया बैंक लिमिटेडको स्वमित्वमा रहेको आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले एक सूचना जारी गर्दै संस्थापक शेयर बिक्री खुल्ला गरेको जानकारी गराएको हो ।

कम्पनीको संस्थापक समुहको ३ लाख १९ हजार ६५ कित्ता शेयर बिक्री खुल्ला गरेको हो । कम्पनीले प्रतिकित्ता मूल्य ४८१ रुपैयाँ तोकेको छ ।

इच्छुक लगानीकर्ता व्यक्ति, कम्पनी वा संघ संस्थाले सो शेयर खरिद गर्न साउन १५ गतेभित्र कम्पनीको एनआईसी एशिया क्यापिटल लिमिटेडको कार्यालय बबरमल काठमाडौंमा बोलपत्र आवेदन दिन सकिने कम्पनीले जानकारी गराएको छ ।

 

सूचना स्रोत ः फाइनान्सिय नोटिस डटकम

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*