पुनर्बीमा कम्पनीले करार माग गर्यो कर्मचारी

३ श्रावण २०७८, आईतवार १२:४९

काठमाडौँ । नेपाल पुनर्बीमा कम्पनीले करार पदका लागि कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना सार्वजनिक गर्दै बढिमा एक बर्षका लागि करार पदमा ८ जना कर्मचारी मागेको हो ।

कम्पनीले चार्टर्ड एकाउन्टेण्ट तह ७ का लागि २ जना , सूचना प्रविधि (आईटि इन्जिनियर) तह ७ का लागि १ जना र सहायक प्रबन्धक तह ६ का लागि ५ जना कर्मचारी माग गरेको हो ।इच्छुक योग्य उम्मेवारले आफुले प्राप्त गरेको शैक्षिक योग्यता सहित सम्पूर्ण विवरण सूचना प्रकाशित भएको १५ दिन भित्र आवेदन दिन सक्ने छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*