सांग्रिला डेभलपमेन्ट बैंकको ऋणपत्र बाँडफाँड

३ श्रावण २०७८, आईतवार १३:४७

 

काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले ऋणपत्र बाँडफाँड गरेको छ । कम्पनीले आज एक सूचना जारी गर्दै साउन १ गते बाँडफाँड गरेको जानकारी गराएको हो ।

कम्पनीले असार ६ गतेदेखि साउन २० गते सम्म निष्कासन तथा बिक्री खुल्ला गरेको थियो । दश बर्षे अवधि भएको वार्षिक ९ प्रतिशत ब्याजदर पाइने ‘सांग्रिला डेभलपमेन्ट बैंक डिबेन्चर, २०८७’ नामक ऋणपत्र निष्काशन गरेको हो ।

प्रतिकित्ता १ हजार अकिंत मूल्यमा ७ लाख ५० हजार कित्ताले हुन आउने रु ७५ करोड रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गरेको हो । कम्पनीले साउन १ गते शुक्रबार सो ऋणपत्र बाँडफाड गरेको जानकारी गराएको छ ।

 

सूचना स्रोत ः फाइनान्सियल नोटिस डटकम

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*