नेप्से उच्च अंकले बढ्दा साढे ११ अर्ब माथिको कारोबार, पाँच कम्पनीको सर्किट लेभलमा कारोबार

३ श्रावण २०७८, आईतवार १५:१६

काठमाडौं । साताको पहिलो दिन आइतबार नेप्से उच्च अंकले बृद्धि भएको छ । आज नेप्से परिसूचक ९७ दशमलव २१ अंकले बृद्धि भएर २९८०.६१ विन्दुमा कायम भएको छ ।आज २२१ कम्पनीको २ करोड ८८ लाख ६३ हजार ९३ कित्ता शेयर किनबेच हुँदा ११ अर्ब ६३ करोड ८१ लाख २६ हजार ४९२ दशमलव ६२ रुपैयाँको कारोबार भएको छ ।

आज सबै उपसूचकहरुमा आज हरियाली छाएको छ । सबैभन्दा जीवन बीमा समूहमा ६४८.४६ अंकले बृद्धि भएको छ ।आज सर्वाधिक कारोबार हुने कम्पनीमा मन्जुश्री फाइनान्स रहेको छ । कम्पनीको आज ४० करोड ९९ लाख ७५ हजार १४० रुपैयाँको कारोबार भएको छ ।

त्यस्तै, आज सर्वाधिक कमाउने कम्पनीमा समृद्धि फाइनान्स, सिन्धु विकास बैंक, ङादी हाइड्रोपावर, हिमालयन पावर पार्टनर र सिंगटी हाइड्रोपावर रहेको छ । यी पाँच कम्पनीको आज सर्किट लेभलमा कारोबार भएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*