साताको पहिलो दिन सर्वाधिक कमाउने र गुमाउने कम्पनीहरु, पाँच कम्पनीमा लाग्यो सर्किट

३ श्रावण २०७८, आईतवार १५:३०

काठमाडौं । आज पूँजीबजारमा २२१ वटा कम्पनीको २ करोड ८८ लाख ६३ हजार ९३ कित्ता शेयर किनबेच भएको छ । आज नेप्सेमा ९७ दशमलव २१ अकंले बढ्दा ११ अर्ब माथिको कारोबार भएको छ ।

आज सर्वाधिक कमाउने कम्पनीमा समृद्धि फाइनान्स, सिन्धु विकास बैक, ङादी गु्रप पावर, हिमालयन पावर, सिंगटि हाइड्रो इनर्जी यी ५ कम्पनीको आज सर्किट लेभलमा कारोबार भई सर्वाधिक कमाउन सफ भएको हो ।

त्यस्तै, सिद्धार्थ बैंकको ८ दशमलव ५३ प्रतिशत अकं र महालक्ष्मी विकास बैंकको ७ दशमलव ८७ प्रतिशत अकंले वृद्धि भएको छ ।


त्यसैगरी सर्वाधिक गुमाउने कम्पनीहरुमा एनआइबिएल समृद्धि फन्डको ५ दशमलव ३७ प्रतिशत अकं, गुडविल फाइनान्सको ३ दशमलव ३३ प्रतिशत अकं र ग्लोबल आइएमई बैंक ऋणपत्रको २ दशमलव ४२ प्रतिशत अकंले घटेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*