राष्ट्रिय वाणिज्य बैंक र यूएनडीपीको सहकार्यमा सीमान्तकृत घरधुरीलाई सहुलियपूर्ण कर्जा प्रदान

३ श्रावण २०७८, आईतवार १६:४९

काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (यूएनडीपी) नेपालबीच सीमान्तकृत घरधुरीहरुलाई रकम भुक्तानी गर्ने सम्बन्धमा साउन १ गते सम्झौता भएको छ ।

सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र यूएनडीपी नेपालकी आवासीय प्रतिनिधि आइसानी मेडागंगोडा लावेले हस्ताक्षर गरेका हुन् ।

सो सम्झौतापश्चात अब यूनडीपीको प्रयास कार्यक्रमअन्तर्गत पहिचान भएका सीमान्तकृत घरधुरीलाई यूनडीपीले उपलब्ध गराउने रकम वाणिज्य बैंकले बैंक खातामार्फत भुक्तानी गर्ने जनाएको छ ।

साथै सो कार्यक्रमबाट सहयोग प्राप्त गर्ने घरधुरीहरुमध्ये उद्यमी गर्न चाहने न्युन स्तर भएका उद्यमीहरुलाई बैंकले सहुलियतपूर्ण कर्जा दिलाउने बैंकका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले जानकारी दिए ।

त्यस्तै, यूएनडीपी नेपालकी आवसीय प्रतिनिधि लावेले बाजुरा, कैलाली, सिरहा, सप्तही, रौतहट र स्याङ्जा जिल्लाका २५०० घरधुरीलाई यूएनडीपीको प्रयास कार्यक्रमअन्तर्गत गर्न लागिएको आर्थिक सहयोगले सिमान्तकृत घरधुरीवालाहरुको जीविकोपार्जनमा सहयोग पुग्ने बताएकी छिन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*