प्रभु क्यापिटलको वृत्ति विकास तथा क्षमता अभिवृद्धि सम्बन्धी एक दिने तालिम सम्पन्न

३ श्रावण २०७८, आईतवार १७:०५

काठमाडौं । प्रभु क्यापिटलले वृत्ति विकास तथा क्षमता अभिवृद्धिका लागि १ दिने टिम बिल्डिङ्ग तथा मोटिभेसनल तालिम कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले आफ्ना कर्मचारीहरुको क्षमता अभिवृद्धिको लागि उक्त तालिम गरेको हो ।

कम्पनीले श्रावण २ गते (शनिबार) काठमाण्डौको ग्राण्ड नोर्लिङ्ग होटेल तथा रिसोर्टमा एक्जिओम नेपालको सहयोगमा सो कार्यक्रम सञ्चालन गरेको हो ।कार्यक्रममा प्रभु क्यापिटलका ४० जना कर्मचारीहरुको सहभागिता रहेको थियो । तालिम कार्यक्रम एक्जिओम नेपालका तर्फबाट प्रशिक्षक इन्द्र बहादुर गुरुङ्ग तथा सञ्जिव काफ्लेले सञ्चालन गरेका थिए।

उक्त तालिम अन्तरगत कर्मचारीहरुलाई समुह निर्माणका साथै समुहको महत्व एवं समुहको भ्यालुका साथै कार्यस्थलमा कार्य सम्पादन गर्दा ग्राहकसँग गर्नुपर्ने व्यवहारका साथै समुहमा कार्यगर्दा लक्ष्य प्राप्ति गर्ने माइण्डसेटका कसरी कार्य गर्ने भन्ने बारेमा प्रशिक्षण दिएको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*