एचआईडीसीएलले साउन ५ गतेदेखि ११ करोड कित्ता हकप्रद शेयर निष्काशन गर्ने

३ श्रावण २०७८, आईतवार १७:१८

काठमाडौं । हाइड्रोईलेक्ट्रीसिटी इन्भेष्टमेण्ट एण्ड डेभलपमेण्ट कम्पनी (एचआईडीसीएल)ले साउन ५गतेदेखि शतप्रतिशत हकप्रद शेयर निष्कासन तथा बिक्री खुल्ला गर्ने भएको छ ।

कम्पनीले १०० रुपैयाँ अंकित दरमा ११ करोड कित्ता हकप्रद शेयर निष्कासन गर्न लागेको हो । सोे हकप्रदशेयरमा जेठ २७ गतेसम्म नेप्सेमा कायम शेयरधनीले आवेदन दिन पाउने छन् ।

कम्पनीका अनुसार हकप्रद शेयर निष्कासन तथा बिक्री बन्द मिति साउन २५ गते सम्म रहेको छ । कम्पनीको हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धकका रुपमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।

इच्छुक लगानीकर्ताले सि–आस्वा सेवामा रहेका बैंक तथा वित्तीय संस्थाहरुबाट सि आस्वा प्रणालीबाट उक्त हकप्रद शेयरमा आवेदन दिन सक्नेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*