एनएमबी बैंक र समाज कल्याण परिषद बीच डिजिटल भुक्तानी सम्बन्धी सम्झौता

३ श्रावण २०७८, आईतवार १७:१०

काठमाडौं । समाज परिषद र एनएमबी बैंकबीच डिजिटल भुक्तानी सम्बन्धी सम्झौता भएको छ ।सम्झौतापश्चाचत् समाज परिषदमा आवद्ध रहेको सम्पूर्ण कार्यरत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका सदस्यले परिषद्लाई तिर्नुपर्ने सबै भुक्तानीहरु अनलाइनबाट गर्न सक्ने भएका छन् । परिषदसँग गरिएको सम्झौताले समाज नगद सहितबाट नगद रहिततिर उन्मुख भएको जनाएको छ ।

साथै सो सम्झौताले परिषदमा आवद्ध भृकुटीमण्डप परिषदमाका २ हजार सदस्य, ५० हजार बढी एनजिओ र दुई सय बढी आइएनजीओहरु लाभान्वित हुने बिश्वास गरेको छ । अनलाईन भुक्तानी कार्य गरेकोमा बैंकलाई परिषदले धन्यवाद समेत दिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*