फर्स्ट माइक्रो फाइनान्सले कमायो १४ करोड मुनाफा, प्रतिशेयर आम्दानी कति ?

४ श्रावण २०७८, सोमबार ०७:५७

काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण प्रकाशित गरेको छ । गत आर्थिक वर्षमा कम्पनीले जम्मा १४ करोड १५ लाख २८ हजार रुपैयाँ खुद नाफा आम्दानी गरेको छ । गत आर्थिक वर्षमा कम्पनीको प्रतिशेयर आम्दानी १६ रुपैयाँ १४ पैसा रहेको छ ।

कूल चुक्ता पुँजि ८७ करोड ६८ लाख ११ हजार रुपैयाँ रहेको कम्पनीले गत आर्थिक वर्षमा आर्जित मुनाफाबाट मुश्किलले डबल डिजिटमा बोनस दिन सक्षम देखिएको छ । कम्पनीको अघिल्लो आथिक वर्षको तुलनामा गत आर्थिक वर्षमा लघुवित्तको खुद नाफा १.२९ प्रतिशत बढेको छ । सो लघुवित्तको खुद ब्याज आम्दानी १८.१० प्रतिशत बृद्धि हुँदा सञ्चालन मुनाफा ३.२९ प्रतिशत मात्र बढेको छ ।

गत आर्थिक वर्षको अन्त्यसम्ममा लघुवित्तले ८ अर्ब ६० करोड रुपैयाँ सापटीबाट ८ अर्ब २० करोड रुपैयाँ कर्जा लगानी गरेको छ । कम्पनीको प्रतिशेयर नेटवर्थ १३१ रुपैयाँ ९५ पैसा रहेको छ ।

नेपाल स्टक एक्सचेन्जमा सो कम्पनी शेयर प्रतिकित्ता ८२३ रुपैयाँमा पछिल्लो कारोबार भएको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*