प्रभु इन्स्योरेन्सको बोनस शेयर हितग्राहीको खातामा

४ श्रावण २०७८, सोमबार ११:२१

काठमाडौँ । प्रभु इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश बापत वितरण गरेको बोनश शेयर हितग्राहीको डिम्याट खातामा जम्मा भएको छ । कम्पनीको २५ औँवार्षिक साधारण सभाबाट पारित भएको १० प्रतिशत बोनस शेयर हितग्राहीको खातामा जम्मा गरेको हो ।

१० प्रतिशतका दरले बोनस शेयर नेपाल स्टक एक्सचेन्ज र सिडियस एण्ड क्लियरिङमा सुचिकृत तथा दर्ता भई अभौतिक रुपमा कोरोबार हुनेछ । २०७८ बैशाख २५ गतेसम्म आफ्नो शेयर भौतिक र अभौतिकीकरण गराएका शेयरधनिको बोनश शेयर खातामा जम्मा गरेको जनाएको छ ।

साथै उक्त मिति पश्चाप अभौतिकीकरण गराएका तथा गराउनेले प्रभु क्यापीटलको वेभसाइटमा रहेको ढांचा अनुसार निवेदन दिन आग्रह गरेको छ । हालसम्म शेयर डिम्याट नगर्नु भएका शेयरधनीले शेयर रजिष्ट्रार प्रभु क्यापिटल, पायक पर्न प्रभु बैकको शाखा कार्यालय मार्फत हितग्राही खाता शेयर डिम्याट गरी बोनश शेयर प्राप्त गर्न आग्रह गरिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*