ज्योति विकास बैंकको संस्थापक शेयर बिक्रीमा

४ श्रावण २०७८, सोमबार ११:४१

काडमाडौं । ज्योति विकास बैंक लिमिटेडको केही संस्थापक शेयर धनीहरुले आफ्नो नाममा रहेको संस्थापक शेयर बिक्री गर्ने भएको छ । सो शेयरधनीहरले आंशिक÷पुरा शेयर बिक्री गर्ने इच्छा राखी बैंकसमक्ष निवेदन पेश गरेको बैंकले जानकारी गराएको छ ।

उक्त निवेदन संचालक समितिको बैठकमा पेश हुँदा रित पुर्याई बिक्री गर्न प्रक्रिया अघि बढाउने निर्णय भएको छ । उक्त संस्थापक शेयर खरिद गर्न चाहने शेयरधनीले आजको मितिदेखि ३५ दिनभित्र आवश्यक कागज प्रमाण संलग्न गरी बैंकको केन्द्रिय कार्यालय कमलादी, काठमाडौंमा आवेदन दिन सकिने बैंकले जनाएको छ ।

साथै के कति कित्ता शेयर खरिद गर्ने सो समेत खुलाई निवेदन दिन बैंकले आग्रह गरेको छ । बैंकका अनुसार सो शेयर खरिद गर्ने तोकिएको मितिभित्र निवेदन पेश नभएमा अन्य व्यक्तिलाई बिक्री गरिनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*