स्वालम्बन लघुवित्तको संस्थापक समूहको शेयर बाँडफाँड

४ श्रावण २०७८, सोमबार १२:०५

काठमाडौं । हिमालय बैंक लिमिटेडको स्वामित्वमा रहेको स्वालम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक समूहको शेयर बाँडफाँड गरिएको छ । कम्पनीले एक सूचना जारी गर्दै ४ हजार कित्ता संस्थापक शेयर बाँडफाँड गरिएको जानकारी गराएको हो ।

संस्थापक समूहको जम्मा १ लाख ९० हजार ६५२ कित्ता संस्थापक शेयर बोलकबोल प्रकृयाबाट बिक्री गर्ने कम्पनीको संचालक समितिको निर्णयअनुसार सो शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनी वा जो कोही व्यक्ति वा संघ/संस्थालाई जेठ २६ गतेदेखि असार २९ गतेसम्म शिलबन्दी बोलपत्रद्धारा आह्वान गरिएको थियो ।

सो अवधिभित्र प्राप्त शिलबन्दी बोलपत्रहरु निष्काशन कम्पनी तथा बिक्री प्रबन्धकको रोहवरमा खोली असार ३० गते ४००० कित्ता संस्थापक शेयर बाँडफाँड गरिएको हो । साथै बाँडफाँडमा परेको जानकारी धितोपत्र बिक्री प्रबन्धकको कार्यालय हिमालयन क्यापिटलमा सम्पर्क गर्न कम्पनीले जानकारी गराएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*