शेयरधनीलाई नगद लाभांश लिन मिर्मिरे लघुवित्तको आग्रह

४ श्रावण २०७८, सोमबार १२:३१

काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्था (साविकको नागबेली लघुवित्त वित्तीय संस्था) ले आफ्ना शेयरधनीलाई नगद लाभांश लिन अनुरोध गरेको छ । कम्पनीको आज एक सूचना जारी गर्दै यस्तो जानकारी गराएको हो ।

नागबेली लघुवित्तले विभिन्न साधारण सभाबाट पारित भएको लाभांशको पूर्जा संकलन नगरी वा संकलन गरेर पनि लाभांश पूर्जाको रकम सटही नगरेको भन्दै सो लाभांश रकम बुझिलिन आग्रह गरेको हो ।

साथै पाँच वर्ष पुगिसक्दा पनि शेयरधनीले विभिन्न आर्थिक वर्षको लाभांश लिन नआएका कारण कम्पनी ऐन अनुसार लगानीकर्ता संरक्षण कोषको व्यवस्थापन तथा सञ्चालन कार्यविधि– २०७३ अनुसार स्थापित लगानीकर्ता संरक्षण कोषमा पठाएको कम्पनीले जानकारी गराएको छ ।
पाँच वर्षभन्दा पुरानो भुक्तानी हुन बाँकी लाभांश रकम सम्वन्धि शेयरधनीको नामसहित मिर्मिरे लघुवित्तको वेबसाइटमा राखिएको पनि कम्पनीले जनाएको छ ।

लाभांश लिन बाँकी रहेका शेयरधनीले कम्पनीको शेयर रजिष्ट्रार नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेड हात्तिसार, काठमाडौंबाट लिन सक्ने कम्पनीले जानकारी गराएको छ ।

 

सूचना स्रोत ः फाइनान्सियल नोटिस डटकम

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*