प्राइम कमर्सियल बैंकको १० वर्ष पुराना खातावालहरु सम्पर्क आउन सूचना

४ श्रावण २०७८, सोमबार १३:१४

काठमाडौँ । प्राइम कमर्सियल बैंक लिमिटेडले दश बर्ष भन्दा बढि समयदेखि प्रयोगमा नआएका निक्षेप खातावालाले सम्बधित शाखा कार्यालयमा सम्पर्क गर्न अनुरोध गरेको छ । आज एक सूचना सार्वजनि गर्दै सञ्चालनमा नरहेका खातावाला महानुभावले प्रमाण सहित बैंकका शाखा कार्यालय सम्पर्क आउन भनेको हो ।

साथै १० बर्ष समयभन्दा बढी अवधिसम्म संचालनमा नरहेका खाता तथा दाबी नपरेका निक्षेप खाता तथा निक्षेपकर्ताको विवरण बैंकको वेबसाइटमा समेत राखिएको जनाएको छ । यदि खातावाला सम्पर्कमा नआएको खण्डमा निक्षेप रकम प्रचलित कानुन बमोजिम हुने बैंकले जानकारी गराएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*