सामलिङ पावर कम्पनीलाई १२ लाख ३० हजार कित्ता आईपीओ निष्कासन गर्न बोर्डबाट अनुमति

४ श्रावण २०७८, सोमबार १४:३०

काठमाडौं । सामलिङ पावर कम्पनीलाई आईपीओ निष्कासन गर्नका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन) ले अनुमति दिएको छ ।

कम्पनीले आईपीओे निष्कासन गर्न असार ३१ गते बिहिबार सेबोनबाट अनुमति पाएको हो । बोर्डबाट अनुमति पाएसँगै अब कम्पनीले १२ लाख ३० हजार कित्ता आईपीओ निष्कासन गर्नेछ ।

कम्पनीको आइपीओ निष्काशन तथा विक्री प्रबन्धकको रुपमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ । कम्पनीले पहिलो चरणमा स्थानिय बासिन्दाका लागि आईपीओ निष्कासन गर्नेछ । त्यसपछि कम्पनीले दोस्रो चरणमा सर्वसाधारणको लागि आईपीओ निष्कासन गर्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*