आज सर्वाधिक कमाउने र गुमाउने कम्पनीहरु, सिनर्जी पावरको शेयरमा लाग्यो सर्किट

४ श्रावण २०७८, सोमबार १५:२२

काठमाडौँ । साताको दोस्रो दिन २१९ कम्पनीको ३ करोड ७५ लाख ७१ हजार ३५४ कित्ता शेयर किनबेच भएको छ । आज नेप्से १३ दशमलव ८० अकंले बढ्दा साढे ११ अर्ब माथिको कारोबार भएको छ ।

आज सर्वाधिक कमाउने कम्पनीमा सिनर्जी पावर डेभलपमेन्ट लिमिटेड रहेको छ । कम्पनीको आज सर्किट लेभलमा कारोबार भई सर्वाधिक कमाउन सफल भएको हो ।

त्यस्तै, बिशाल बजार कम्पनीले ९ दशमलव २० प्रतिशत अकं, नेपाल इन्स्योरेन्स कम्पनीको ७ दशमलव ५७ प्रतिशत अकं, सिटिजन इभेष्टमेन्ट तरुटको ६ दशमलव ४० प्रतिशत अकं र हिमालयन उर्जा विकास कम्पनीले ५ दशमलव ९८ प्रतिशत अकंले वृद्धि भएको छ ।


साथै आज सर्वाधिक गुमाउने कम्पनीहरुमा नेपाल इनभेष्टमेन्ट डिबेञ्चरको ५ दशमलव ८७ प्रतिशत अकं, सनराइज बैंक डेबेञ्चरको ५ दशमलव ६ प्रतिशत अकं, गुर्खाज फाइनान्सको ३ दशमलव ६० प्रतिशत अकं र मन्जुश्री फाइनान्सको ३ दशमलव २० प्रतिशत अकंले घटेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*