यी हुन नेप्सेमा सर्वाधिक कारोबार हुने १० कम्पनी, एनआईसी एसिया बैंककको सर्वाधिक कारोबार

४ श्रावण २०७८, सोमबार १५:१७

काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा आज सर्वाधिक कारोबार हुने १० कम्पनीको सूचिमा एनआईसी एसिया बैंक पहिलो नम्वरमा परेको छ । सो बैंकको आज ३५ करोड ४१ लाख ६६ हजार रुपैयाँको शेयर कारोबार भएको छ ।

त्यस्तै, दोस्रो नम्बरमा नबिल बैंक परेको छ । सो बैंकको आज एकै दिन ३३ करोड १८ करोड रुपैयाँको शेयर कारोबार भएको छ । त्यस्तै नेपाल बंगलादेश बैंकको ३१ करोड २९ लाख रुपैयाँको कारोबार भएको छ । राष्ट्रिय बीमा कम्पनीको संस्थापक शेयर ३० करोड ९६ लाख रुपैयाँको कारोबार भएको छ भने सिनर्जी पावरको २८ करोड रुपैयाँको शेयर कारोबार भएको छ ।

त्यस्तै एनएमबी बैंकको २७ करोड, अरुण कावेली पावरको २७ करोड, मञ्जुश्री फाइनान्सको २५ करोड, सिद्धार्थ बैंकको २४ करोड र ग्लोबल आइएमई बैंकको २४ करोड रुपैयाँको शेयर कारोबार भएको छ ।

बैंकहरुको वित्तीय विवरण सार्वजनिक हुने मौसम भएकोले आजका सर्वाधिका कारोबार हुने सूचिमा क बर्गका बाणिज्य बैंकहरु परेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*