यूनियन लाइफको शेयर रजिष्ट्रारमा प्रभु क्यापिटल नियुक्त

४ श्रावण २०७८, सोमबार १५:४६

काठमाडौं । यूनियन लाइफको शेयर रजिष्ट्रारमा प्रभु क्यापिटल नियुक्त भएको छ । शेयर रजिष्ट्रार सम्बन्धी कम्पन र क्यापिटलबीच नियुक्त गर्ने सम्बन्धी सम्झौता भएको छ ।

कम्पनीले साउन १ गतेदेखि लागू हुने २ वर्षको लागि प्रभु क्यापिटललाई शेयर रजिष्ट्रारमा नियुक्त गरेको हो । प्रभु क्यापिटललाई शेयर रजिष्ट्रारमा नियुक्त भएसँगै क्यापिटलले अब कम्पनीको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेज, नामसारी, रोक्का राख्ने, शेयरधनीहरुको लागत अद्यावधिक गरी राख्ने लगायतका सम्पूर्ण कार्य गर्ने भएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*