ज्योति विकास बैंकले संस्थापक शेयर बिक्रि खुल्ला, कहिलेसम्म दिने आवेदन ?

५ श्रावण २०७८, मंगलवार ०९:५३

काठमाडौं । ज्योति विकास बैंकले संस्थापक शेयर विक्रीमा ल्याउने भएको छ। बैंकका संस्थापक शेयरहरुमध्ये आंशिक वा पूरा शेयर विक्री गर्ने इच्छा राखी निवेदन दिएको संस्थापक शेयर विक्री गर्ने भएको हो ।

पहिलो प्रथामिकता बैंकका संस्थापक शेयरधनीहरुलाई नै प्रथामिकता दिनुपर्ने भएकाले यो सूचना प्रकाशित गरेको ३५ दिनभित्र आवश्यक कागजपत्र सहित बैंकको केन्द्रिय कार्यालय कमलादीमा के कति शेयर कित्ता खरीद गर्ने हो सो को ब्यहोरा खुलाई निवेदन दिनुपर्नेछ ।

सो समय अवधिमा संस्थापक शेयर खरीदका लागि निवेदन नआएमा प्रचलित नियम अनुसार अन्य व्याक्तिलाई विक्री गर्ने भएको छ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*