मध्य भोटेकोशीको स्थानीयको लागि बिक्री स्थगित भएको शेयरको बिक्री पुन :खुल्ला

४ श्रावण २०७८, सोमबार १९:३५

काठमाडौं । मध्य भोटेकोशी जलविद्युतको स्थानीयको लागि बिक्री स्थगित भएको शेयरको निष्काशन तथा बिक्री पुन :खुल्ला गरेको छ।

मध्य भोटेकोशी जलविद्युत कम्पनीद्वारा सिन्धुपाल्चोक जिल्लामा निर्माणाधीन मध्य भोटेकोशी जलविद्युत आयोजना प्रभावित क्षेत्र भोटेकोशी गाउँपालिका वडा नं। १ र ५ ९साविक लिस्ती गा।वि।स। र साविक मार्मिङ गा।वि।स, बाह्रबिसे नगरपालिका वडा नं। ५ र ६ (साविक गाती गा।वि।स।)  तथा बाह्रबिसे नगरपालिका वडा नं। ७ र ८ साविक घुम्थाङ्ग गा।वि।स। र साविक मानेश्वरा गा।वि।स। मा स्थायी बसोबास गर्ने बासिन्दा तथा आयोजनाबाट प्रभावित क्षेत्र बाहेक सिन्धुपाल्चोक जिल्लाका अन्य क्षेत्रमा स्थायी बसोबास गर्ने बासिन्दाहरुसमेतको लागि कम्पनीले गत बैशाख १३ १३ गते आह्वान पत्र प्रकाशित गरी मिति बैशाख २१ गते देखि स्थानीय समूहको लागि छुट्टाइएको कुल ६० लाख कित्ता साधारण शेयरहरुको बिक्री खुल्ला गरिएको थियो ।

उक्त शेयरहरुको मिति गत बैशाख २४ गते देखि बिक्री बन्द गरिएकोमा सो शेयरहरुको मिति २०७८।०४।०५ गते मंगलबार देखि पुनस् बिक्री खुल्ला गरिएको कम्पनीले जनाएको छ।यस निष्काशन मिति २०७८ श्रावण १७ गते सम्म छिटोमा र मिति २०७८ श्रावण ३२ गतेसम्म ढिलोमा बन्द हुनेछ । यस निष्काशनमा न्यूनतम ५० कित्ता र अधिकतम ४०० कित्तासम्मको लागि आवेदन दिन पाइनेछ ।

यस निष्काशनको लागि सिन्धुपाल्चोक जिल्लामा ३६ वटा र काठमाडौं जिल्लामा ७ वटा संकलन केन्द्र तोकिई उक्त स्थानहरुबाट दरखास्त फारम प्राप्त गर्न र दरखास्तसाथ रकम बुझाउन सकिने कम्पनीले जानकारी गराएको छ। साथै नेपाल धितोपत्र बोर्डबाट आस्बा सदस्यता प्राप्त गरेका सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरू मार्फत पनि आवेदन बुझाउन सकिने छ ।

यस कम्पनीले प्रथम चरणको सार्वजनिक निष्काशनअन्तर्गत कर्मचारी संचयकोषमा संचय गर्ने संचयकर्ता कर्मचारीहरु, शेयरधनी संस्थापक संस्थाका कर्मचारीहरु एवं ऋणदाता संस्था कर्मचारी संचय कोषका कर्मचारीहरुलाई आ।व।२०७५।०७६ मा निष्काशन गरी बैशाख ४ को बाँडफाडमा परेका शेयरधनी तथा द्वितीय चरणको स्थानीय बासिन्दातर्फको सार्वजनिक निष्काशन अन्तर्गत गत बैशाख २१ गते देखि  बैशाख २३ गतेसम्म गरी तीन दिन सिन्धुपाल्चोक जिल्लाको आयोजना प्रभावित क्षेत्रमा बसोबास गर्ने बासिन्दा एवं प्रभावित क्षेत्रबाहेक जिल्लाको अन्य क्षेत्रमा बसोबास गर्ने बासिन्दाहरुको लागि निष्काशन गरिएको शेयरमा आवेदन दिएका आवेदकहरुले यस निष्काशनमा  आवेदन दिनु नपर्ने कम्पनीले जानकारी दिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*