आजदेखि तेह्रथुम पावरको आईपिओ बिक्री खुल्ला, स्थानीयबासीले भर्न पाउने

५ श्रावण २०७८, मंगलवार १०:१२

काठमाडौं । तेह्रथुम पावर कम्पनी लि.ले आजदेखि आईपिओ बिक्री सुरु गरेको छ । पहिलो चरणमा आयोजना प्रभावित स्थानीयबासीको लागि खुल्ला गरिएको आईपिओ यस लगत्तै आम सर्वसाधारणको लागि समेत खुल्ला हुने कम्पनीले जनाएको छ ।

कम्पनीले निष्काशन गर्न लागेको १२ करोड रुपैयाँ बराबरको १२ लाख कित्ता शेयर पहिलो चरणमा आयोजना प्रभावितका लागि वितरण गर्न लागिएको हो । कूल ४० करोड जारी पुँजि भएको कम्पनीले ३० प्रतिशत प्राथमिक शेयर वितरण गर्न आजबाट सुरु भएको हो ।

आयोजना प्रभावित अन्तर्गत कम्पनीले तेह्रथुम जिल्लाका स्थायी बासिन्दाहरुका लागि प्रतिकित्ता १०० अंकित मूल्यका कूल चार करोड रुपैयाँ बराबरको ४ लाख कित्ता साधारण शेयर वितरण गर्नेछ । बाँकी रहेको आठ लाख कित्ता शेयर अर्थात आठ करोड रुपैयाँ बराबरको शेयर दोस्रो चरणमा सर्वसाधारणको लागि वितरण गर्नेछ ।

तेह्रथुम जिल्लाका स्थानीयबासीहरुले न्यूनतम १० कित्ता र अधिकतममा ६० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । उक्त आईपिओ निष्काशन बन्द छिटोमा साउन १९ गते हुनेछ ।

आईपीओ निष्काशनका लागि गराएको क्रेडिट रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई समयमा वित्तीय दायित्व पुरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहने इक्राएनपी इस्यूअर रेटिङ्ग डबल बी माइनस रेटिङ्ग प्रदान गरेको छ । जलविद्युत कम्पनी मध्ये कमैले मात्रै बी माइनस रेटिङ प्राप्त गर्ने गरेका छन् ।

सो शेयर खरिदका लागि माछापुच्छ्रे बैंकको हिले, धनकुटा शाखा कार्यालय, नेपाल बङ्गलादेश बैंकको सक्रान्ती, फेदाप, छथर, सिधुवा, साँगुरीगढी र राजारानी शाखा कार्यालय, ग्लोबल आइएमई बैंकको जिरि खिम्ती शाखा, म्याङलुङ, तेह्रथुम र जलविद्युत आयोजना स्थल मेन्छ्यायेमा गाउँपालिका, तेह्रथुमबाट आवेदन दिन सकिनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*