मानुषी लघुवित्त र सानिमा लाइफसहित चार कम्पनीको आइपिओ स्वीकृत, कहिले हुन्छ निष्काशन ?

५ श्रावण २०७८, मंगलवार ११:२०

काठमाडौं । नेपाल धितोपत्र बोर्डले मानुषी लघुवित्त, सानिमा लाइफ इन्स्योरेन्स कम्पनीसहित चार कम्पनीले निष्काशन गर्न लागेको आइपिओलाई स्वीकृति प्रदान गरेको छ । बोर्डले गत असार ३१ गते स्वीकृत प्रदान गरेको हो ।

बोर्डका अनुसार ३१ गते मात्रै चार कम्पनीका ८३ लाख ६० हजार ३६ कित्ता आइपीओले बोर्डबाट स्वीकृति प्राप्त गरेको हो । आईपिओ निष्काशनको लागि अनुमति पाउनेहरुमा मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेड ७ लाख ३६ हजार २ सय ८६ कित्ता, मानुसी लघुवित्त संस्था लिमिटेडले ३ लाख ९३ हजार ७ सय ५० कित्ता र साम्लीङ पावर कम्पनीले १२ लाख ३० हजार कित्ता प्राथमिक शेयर निष्काशनको लागि अनुमति पाएको हो । त्यस्तै सानिमा लाइफको ६० लाख कित्ता आईपिओको लागि अनुमति प्राप्त गरेको छ ।

उक्त आइपिओ निष्काशन भने केही समय पछि हुने जनाइएको छ । आईपिओ निष्काशन गर्न आवेदन दिने सिडिएस एण्ड क्लीयरिङ हाउसमा पूर्वाधार तयारी सम्बन्धी काम भइरहेकोले आगामी साता मात्रै आईपिओ जारी हुन सुरु हुने जनाइएको छ । आईपिओ जारी गर्दा सर्भर व्यस्त हुँने हुँदा आलोपालो पद्धति अनुसार साउन महिनाभरि नै आईपिओ भर्ने सिजन बन्ने देखिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*