एचआईडिसिएलको ११ करोड कित्ता हकप्रद शेयरमा आजदेखि आवेदन खुल्ला

५ श्रावण २०७८, मंगलवार ११:३५

काठमाडौं । हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडिसीएल) ले आजदेखि हकप्रद शेयर निष्काशन तथा बिक्री खुल्ला गरेको छ ।

कम्पनीले एक सय रुपैयाँ अंकित दरका ११ अर्ब रुपैयाँ बराबरको ११ करोड कित्ता हकप्रद शेयर निष्काशन गरेको हो ।

हकप्रद निष्काशन तथा बिक्रीका लागि कम्पनीले गत जेठ २८ गते शेयर बुकक्लोज गरेको थियो । यसअनुसार जेठ २७ गतेसम्म नेप्सेमा कारोबार भइ कायम रहेका शेयरधनीहरुले मात्र उक्त हकप्रद शेयरमा आवेदन दिन पाउनेछन् । सो हकप्रदमा आवेदन दिने अवधि साउन ५ देखि साउन २५ गतेसम्म रहेको छ ।

कम्पनीको हकप्रद शेयरको बिक्री प्रबन्धकका रुपमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । सो हकप्रदमा इच्छुक लगानीकर्ताले ग्लोबल आइएमई क्यापिटल, ग्लोबल आइएमई बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । साथै धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरोशेयर मार्फत आवेदन दिन सक्नेछन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*