लक्ष्मी बैंकको दुई अर्बको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

५ श्रावण २०७८, मंगलवार ११:४५

काठमाडौं । लक्ष्मी बैंक लिमिटेडको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । बैंकले असार २८ गतेदेखि वार्षिक साढे ८ प्रतिशत ब्याजदर पाइने ऋणपत्र साउन ५ गतेसम्म निष्काशन तथा बिक्री खुल्ला गरेको थियो ।

बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यका २ अर्ब रुपैयाँ बराबरको २० लाख कित्ता ऋणपत्र निष्काशन गरेको हो । सोमध्ये ८० करोड रुपैयाँ बराबरको ८ लाख कित्ता सर्वसाधारणलाई बाँडफाँड गरिनेछ भने बाँकी १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता व्यक्तिगत तवरबाट बाँडफाँड गरिने बैंकले जनाएको छ ।

१० वर्ष अवधि रहेको ‘८.५० प्रतिशत लक्ष्मी बैंक डिबेन्चर २०८८’ मा इच्छुक लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम १ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकका रुपमा सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ । लगानीकर्ताले सी आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट सो ऋणपत्रमा आवेदन दिन सक्नेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*