सुनको मूल्य ४ सयले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

५ श्रावण २०७८, मंगलवार ११:५५

काठमाडौं । आज सुनको मूल्य सामान्य बढोत्तरी भएको छ । मंगलबार सुनको मूल्य तोलामा ४ सयले बढेको हो ।

नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार सूनको मूल्य ४०० ले बढेर आजका लागि छापावाला सुनको मूल्य प्रतितोला ९३ हजार २०० र तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार ७०० रुपैयाँ कायम गरिएको छ ।

अघिल्लो दिन छापावाला सुन प्रतितोला ९२ हजार ८०० र तेजाबी सुन प्रतितोला ९२ हजार ३०० रुपैयाँमा खरिद बिक्री भएको थियो ।

त्यस्तै आज भने चाँदीको भाउ थप घटेको छ । मंगलबार चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको छ । चाँदीको भाउ तोलामा १० रुपैयाँले घटेर प्रतितोला १ हजार २८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

अघिल्लो दिन चाँदी प्रतितोला १ हजार २९० रुपैयाँमा खरिद बिक्री भएको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*