जानकी फाइनान्सको संस्थापक शेयर बिक्रीमा

५ श्रावण २०७८, मंगलवार १२:०७

काठमाडौँ । जानकी फाइनान्स कम्पनी लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले आज एक सूचना सार्वजनिक गर्दै संस्थापक शेयरधनी उमा तिवारी शर्माको नाममा रहेको संस्थापक शेयर बिक्री गर्न लागेको हो ।

शर्माले आफ्नो नाममा रहेको सम्पूर्ण शेयर बिक्रीका लागि निवेदन दिए पछि संचालक समितिको बैठकले रित पुर्याई बिक्री प्रकृया अगाडि बढाउन अनुमति दिएको हो ।

सो शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनिले आजको मिति देखि ३५ दिनभित्र आवश्यक कागजात सहित खरिद गर्न चाहेको कित्ताको विवरण खुलाइ वित्तीय संस्थाको कम्पनी सचिव कार्यालयमा आवेदन दिन सक्ने छन् ।

साथै तोकिएको समयअवधिसम्म कुनै पनि आवेदन नपरेको खण्डमा उक्त शेयर अन्य व्यक्तिका लागि खुल्ला गर्ने कम्पनीले जानकारी गराएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*