सानिमा बैँकको भैँसेपाटीमा नयाँ शाखा बिस्तार

५ श्रावण २०७८, मंगलवार १३:००

काठमाडौँ । सानिमा बैंक लिमिटेडले ललिपुरको भैँसेपाटिमा नयाँ शाखा बिस्तार गरेको छ ।

कोभिड १९ को मापदण्डलाई अपनाउदै बैंकका ब्रान्ड प्रवद्र्धक कलाकारहरु मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले नयाँ शाखा उद्घाटन गरेका हुन् । साथै उद्घाटनको क्रममा दुबै कलाकारहरुले बैंकका कार्यकारी अधिकृत तेजबहादुर चन्द लगायत बैंकका ग्राहकहरु सरोकारवालाहरुलाई निरन्तर सहयोग र संरक्षणका लागि कृतज्ञता समेत व्यक्त गरेका थिए ।

सो शाखा थपिएसँगै बैंकले देशभर ८६ शाखा, १८ विस्तारित काउन्टर र ९५ एटिएमबाट निरन्तर सेवा दिदै आएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*