जानकी फाइनान्सको ११ हजार २६४ कित्ता संस्थापक शेयर बिक्रीमा

५ श्रावण २०७८, मंगलवार १३:१२

काठमाडौँ । जानकी फाइनान्स कम्पनी लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीका संस्थापक शेयरधनी निरज कुमार सिंहले आफ्नो नाममा रहेको ११ हजार २६४ कित्ता संस्थापक शेयर बिक्री गर्न लागेको हो ।

सिहंले आफ्नो नाममा सो शेयर बिक्रीका लागि दिएको निवेदन संचालक समितिमा पेश भए पछि समितिले रित पुराई बिक्री प्रकृया अगाडि बढाउने निर्णय गरेको हो ।

उक्त शेयर खरिद गर्न चाहने इच्छुक संस्थापक शेयरधनिहरुले सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्र आवश्यक विवरण सहित खरिद गर्न चाहेको कित्ता खुलाई वित्तीय संस्थाको कम्पनी सचिव कार्यालयमा आवेदन दिन सक्नेछन् ।

साथै तोकिएको समयसम्म कुनै पनि आवेदन नपरेमा उक्त शेयर अन्य व्यक्तिलाई बिक्री खुल्ला गर्नेे कम्पनीले जानकारी दिएको छ ।

 

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*