समृद्धि फाइनान्सको अनलाइनबाट खाता खोल्न सकिने, पाँच लाखसम्म कोभिड रिलिफ लोन दिने व्यवस्था

५ श्रावण २०७८, मंगलवार १३:५३

काठमाडौँ । नेपाल राष्ट्र बैंकबाट ‘ग’ वर्गको इजाजतप्राप्त राष्ट्रियस्तको समृद्धि फाइनान्सले अनलाइन बाटै खाता खोल्न सकिने सुविधा संचालमा ल्याएको छ । साथै कम्पनीले कोरोना भाइरसलाई मध्य नजर गर्दै संक्रमित भएका ग्राहकहरुका लागि उपचारमा सहयोग पुर्याउने उद्देश्यले ‘कोभिड रिलिफ लोन’ प्रदान गर्ने ब्यवस्था समेत लागू गरेको छ ।

अब ग्राहकहरुले अनलाइन एकाउन्ट सुविधाको प्रयोग गर्दै जुनसुकै स्थानबाट खाता खोल्न सक्नेछन् । कम्पनीले जुनसुकै शाखा कार्यालयबाट ग्राहकहरुलाई उपचार तथा हस्पिटलको बिल भुक्तानी गर्नका लागि ‘गाह्रो साह्रोमा सहयोग गर्न छँदैछ नि समृद्धि फाइनान्स’ भन्ने नाराका साथ ५० हजार देखि पाँच लाख रुपैयाँसम्मको कोभिड रिलिफ लोन समेत उपलब्ध गराउने जनाएको छ ।

अहिले फाइनान्सले पाँच वटा शाखा मार्फत कारोबार गर्दै आएको छ । साथै फाइनान्सले आईपीएस, कनेक्ट आईपीएस, रेमिटान्स, क्लियरिङ लगायताका बैंिकङ र मोवाइल बैकिंङ, डेबिट कार्ड, क्यूआर कोडबाट सुविधाहरु दिदै आएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*