नेप्से सामान्य अंकले घट्दा साढे ७ अर्ब माथिको कारोबार, अरुण काबेली पावरको सर्वाधिक कारोबार

५ श्रावण २०७८, मंगलवार १५:१३

काठमाडौं । मंगलबार नेप्से सामान्य अंकले घटेको छ । आज नेप्से परिसूचक ९ अंकले घटेर २९८५ दशमलव ५७ विन्दुमा कायम भएको छ ।
आज २१९ कम्पनीको ३ करोड १६ लाख ८ हजार १९३ कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ८९ करोड ७५ लाख ९४ हजार २६९.५ रुपैयाँको कारोबार भएको छ ।

त्यस्तै आज सर्वाधिक कारोबार हुने कम्पनीमा अरुण काबेली पावर रहेको छ । कम्पनीको आज ३८ करोड ७८ लाख २० हजार ९६८ रुपैयाँको कारोबार भएको हो । साथै आज सर्वाधिक कमाउने कम्पनीमा लक्ष्मी उन्नती कोष र लक्ष्मी इक्वीटि फण्ड रहेको छ । यी दुई कम्पनीको आज सर्किट लेभलमा कारोबार भएको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*