दुई कम्पनीको शेयरमा लाग्यो सर्किट, कुनले कमायो–गुमायो ?

५ श्रावण २०७८, मंगलवार १५:२३

काठमाडौं । आज पूँजीबजारमा २१९ कम्पनीको ३ करोड १५ लाख ६ हजार ५३४ कित्ता शेयर किनबेच हुदा साढे ७ अर्ब माथिको कारोबार भएको छ ।

आज सर्वाधिक कमाउने कम्पनीमा लक्ष्मी उन्नती कोशी र लक्ष्मी इक्वाटी फन्ड रहेको छ । यी दई कम्पनीको शेयर सर्किट लेभलमा कारोबार भएको हो ।

त्यस्तै माउन्टेन हाइड्रोपावरको ९.२८ प्रतिशत अकं, ग्लोबल आइएमई समुन्नतीको ८.९२ प्रतिशत अकं र एनआईसी एसिया ब्यालेन्स्ड फन्डको ८.७० प्रतिशत अकंले वृद्धि भएको छ ।

त्यसैगरी, आईसीएफसी फाइनान्स डिबेञ्चरको ६.१७ प्रतिशत अकं, नेपाल इन्स्योरेन्स कम्पनीको ४.७८ प्रतिशत अकं, समित लघुवित्त वित्तीय संस्थाको २ं.९१ प्रतिशत अकं, एचआईडिसिएलको २.८६ प्रतिशत अकं र पोखरा फाइनान्सको २.८१ प्रतिशत अकंले घटेको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*