एनआइसी एशिया बैंकमा १ मिनेट १० सेकेण्डमै अनलाइन खाता खोल्नेलाई ‘आइफोन–१२’

५ श्रावण २०७८, मंगलवार १६:५०

काठमाडौं । एनआईसी एशिया बैंकले आयोजना गरेको अनलाइन अकाउन्ट आपेनिङ च्यालेन्ज प्रतियोगितामा सर्लाहीकी सुदिक्षा थापा बिजेता भएकी छिन् । उनले अनलाईनमार्फत सबैभन्दा छिटो सो बैंकको खाता खोल्न सफल भई आईफोन–१२ जितेकी हुन् ।

बैंकले घरमै बसेर बैंक खाता खोल्ने प्रोत्साहन गर्नको लागि अनलाइन अकाउन्ट ओपनिङ च्यालेन्ज प्रतियोगिता जेठ २३ गतेदेखि असार १९ गतेसम्म आयोजना गरेको थियो । सो प्रतियोगितामा थापाले सबैभन्दा छिटो १ मिनेट १० सकेण्डमा बैंकको खाता खोल्न सफल भएकी थिइन् ।
उक्त प्रतियोगितामा कुल १५८ जना सहभागी भएका थिए । यस्तै प्रतियोगिता अवधिभर कम समयमा अनलाईन खाता खोल्ने शीर्ष–१० सहभागीहरुलाई बैंकले स्मार्टवाच समेत प्रदान गरेको छ ।

स्मार्टवाच जित्नेमा रुपन्देहीकी मैना कँडेल, झापाका सौरभ दाहाल, काठमाडौंका दिनेश महर्जन, ललितपुरका युवराज तिवारी, बनेपाका राजु लामा, किर्तिपुरकी सिता श्रेष्ठ, डडेलधुराका सम्राट बम, दाङका कुल गिरी, गुल्मीका रविन श्रेष्ठ र पर्साका सरोज कार्की रहेका छन् ।

साथै, प्रतियोगिता अवधिभर साप्ताहिक रुपमा सबैभन्दा कम समयमा सफलपूर्वक अनलाईन खाता खोल्दै पहिलो साता काठमाडौंकी अस्मिता खतिवडा र कञ्चनपुरका सुरज चन्द, दोस्रो साता काठमाडौंकी कुसुम तिवारी र धरानकी दिपशिका योगी, त्यस्तै, तेस्रो साता विरगंजकी प्रमिला चौधरी र महेन्द्रनगरकी प्रतिक्षा चन्द, चौथो साता सर्लाहीकी सुदिक्षा थापा (आइफोन–१२ विजेता) र अर्घाखाँचीका मोहम्मद अलीले पनि स्मार्टवाच जितका छन् ।

सो प्रतियोगिताका सम्पूर्ण विजेताहरूले ७ दिनभित्र बैंकको आधिकारिक फेसबुक पेजमा सम्पर्क गरी आफ्नो पुरस्कार दावी गर्नुपर्ने बैंकले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*