ऋणपत्र निष्काशनको लागि सिभिल बैंकको ४ प्रत्याभूतिकर्तासँग सम्झौता

५ श्रावण २०७८, मंगलवार १७:११

काठमाडौं । सिभिल बैंकले ऋणपत्र निष्कासन गर्नका लागि प्रत्याभूतिकर्ताहरुसँग सम्झौता गरेको छ । बैंकले ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन तथा बिक्री गर्नको लागि ४ वटा प्रत्याभूतिकर्ताहरुसँग सम्झौता गरेको हो ।

कम्पनीले ३० लाख कित्ता ऋणपत्र निष्कासन गर्न लागेको हो । जसका लागि कम्पनीले नागरिक लगानी कोष, प्रभु क्यापिटल, ग्लोबल आइएमई क्यापिटल र माछापुच्छ्रे कृति क्यापिटललाई प्रत्याभूतिकर्तामा नियुक्त गरेको हो ।

साउन ३ गते बैंक र यी ४ प्रत्याभूतिकर्ताबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो । नागरिक लगानी कोषले २ अर्ब, प्रभु क्यापिटलले ३५ करोड, ग्लोबल आइएमई क्यापिटलले ३० करोड र माछापुच्छ्रे कृति क्यापिटलले ३५ करोड रुपैयाँ बरावरको ऋणपत्र प्रत्याभूत गर्ने सम्झौता गरेका हुन् ।
बैंकले कुल ३० लाख कित्ता ऋणपत्र सर्वसाधारण र व्यक्तिगत तवरबाट निष्काशन तथा विक्री गर्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*