प्रभु बैंक र कान्तिपुर हस्पिटलबीच आर्थिक सहयोग सम्बन्धी सम्झौता

५ श्रावण २०७८, मंगलवार १९:२४

काठमाडौं । प्रभु बैंक र कान्तिपुर जनरल एण्ड डेण्टल हस्पिटललबीच आर्थिक सहयोग सम्बन्धी सम्झौता भएको छ । बैंकले आज एक समारोहकाबीच बैकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र कान्तिपुर डेण्टल अस्पतालका संचालक समितिका अध्यक्ष बुद्धिमान श्रेष्ठबीच आर्थिक सहयोग सम्बन्धिसम्झौतामा हस्ताक्षर गरेका छन् ।

प्रभु बैकले दिएको आर्थिक सहयोग बाट कान्तिपुर अस्पतालले अत्याधुनिक स्वास्थ्य साम्रागी खरिद गर्न र आर्थिक अभावका कारण उपचार गर्न समस्या भोगिरहेका आर्थिक रुमा बिपन्न बिरामीहरुको निः शुल्क उपचार गर्ने अस्पतालले जानकारी गराएको छ ।

कान्तिपुर अस्पतालमा आउने विरामी अब अत्याधुनिक स्वास्थ्य सामाग्रीको मद्दतबाट स्वास्थ्य उपचार पाउने प्रभु बैंकले बिश्वास गरेको छ । साथै बैंकले सामाजिक उत्तरदायित्वका लागि आगामी दिनमा समेत यस्ता कार्यक्रम गर्दै जाने उक्त कार्यक्रममार्फत जनाएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*