७ सयले घट्यो सुनको मूल्य, कतिमा हुदै कारोबार ?

६ श्रावण २०७८, बुधबार ११:३३

काठमाडौँ । आज बुधबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । आज सुनको मूल्य प्रतितोला ७ सयले घटेर छापावाला सुनको मूल्य ९२ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

मगलबार छापावाला सुनको प्रतितोला ९३ हजार २ सय रुपैयाँ कायम गरेको थियो । हिजो ९२ हजार ७ सय रुपैयाँमा कारोबार भएका तेजाबी सुनको मुल्य आज भने ९२ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।

त्यसैगरी, मंगलबार प्रतितोला १२ सय ८० रुपैयाँ कारोबार भएको चाँदीको मुल्य आज भने २० रुपैयाँले घटेर १२ सय ६० रुपैयाँमा कारोबार भैरहेको महासंघले जानकारी दिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*