अपि पावर कम्पनीको हकप्रद शेयर पुनः बिक्रीमा

६ श्रावण २०७८, बुधबार ११:३४

काठमाडौँ । अपि पावर कम्पनी लिमिटेडले शिलबन्दी बोलपत्रद्धारा २ लाख १५ हजार ५९९ कित्ता शेयर बोलकबोलद्धारा बिक्रीमा ल्याएको छ । कम्पनीले एक सूचना जारी गर्दै हकप्रद शेयर पुनः बिक्रीमा ल्याएको हो ।

कम्पनीले यसअघि जेठ २० गते देखि असार १३ गतेसम्म बिक्री खुल्ला गरी आवेदन माग गरिएकामा शेयरका लागि कुनै पनि आवदेन नपरेको कारण कम्पनीले पुनः बोलकबोलमार्फत् बिक्रीमा ल्याएको हो ।

बोलकबोलमार्फत शेयर खरिदका लागि इच्छुक कुनै व्यक्ति, कम्पनी तथा संघ सस्थाहरुले साउन २० गते भित्र मुक्तिनाथ क्यापिटल कमलादी तथा मुक्तिनाथ बैंकका शाखा कार्यालयमा कबुल गर्न चाहेको प्रति कित्ताको दररेट सहित आवेदन पेश गर्न सक्ने कम्पनीले जानकारी गराएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*