मैलुङ खोला जलविद्युत कम्पनीले साउन १४ देखि आइपीओ निष्काशन गर्ने

६ श्रावण २०७८, बुधबार १२:२५

काठमाडौं । मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडले आइपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट असार २३ गते अनुमति पाएपछि यहि साउन १४ गतेबाट प्राथमिक शेयर निष्काशन गर्ने भएको हो ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ७ करोड ३६ लाख २८ हजार ६ सय रूपैयाँ बराबरको ७ लाख ३६ हजार २ सय ८६ कित्ता आईपीओ निष्कासन तथा बिक्री खुल्ला गर्न लागेको हो ।

निष्काशन गरिने कुल सेयरमध्ये २ प्रतिशत अर्थात १४ हजार ७२६ कित्ता सेयर कम्पनीका कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ३६ हजार ८१४ कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्याएको छ भने बाँकी ६ लाख ८४ हजार ७४६ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

कम्पनीको आईपिओमा न्यूनतम १० कित्ता देखि अधिकतम १ लाख कित्ता सम्मका लागि आवेदन दिन सकिने छ । कम्पनीको आइपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा सिद्धार्थ क्यापिटल लिमिटेडले रहेको छ ।

कम्पनीको आईपिओमा साउन १४ गते देखि छिटोमा साउन १८ र ढिलामा साउन २८ गतेसम्ममा आवेदन दिन सकिने जनाएको छ ।

 

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*