कामना सेवा विकास बैंकद्धारा १ अर्बको ऋणपत्र निष्काशन गर्न बोर्डमा निवेदन

६ श्रावण २०७८, बुधबार १३:०९

काठमाडौं । कामना सेवा विकास बैंकले ऋणपत्र निष्कासन गर्नका नेपाल धितोपत्र बोर्ड (सेबोन)मा निवेदन दिएको छ ।

कम्पनीले १ अर्ब रुपैयाँ बराबरको १० लाख कित्ता ऋणपत्र निष्कासन गर्नका लागि साउन ३ गते सेबोनमा निवेदन दिएको हो ।

कम्पनीले कुल १० लाख कित्ता ऋणपत्रमध्ये ४ लाख कित्ता ऋणपत्र सर्वसाधारणको लागि निष्कासन गर्नेछ भने ६ लाख कित्ता ऋणपत्र व्याक्तिगत तबरबाट विक्री गर्नेछ । कम्पनीको ऋणपत्र बिक्री प्रबन्धकका रुपमा एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*