सेञ्चुरी कमर्सियलले शेयर आवेदन वापत २५ रुपैयाँ शुल्क लिने

६ श्रावण २०७८, बुधबार १३:५२

काठमाडौँ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले शेयर आवेदन वापत २५ रुपैयाँ शुल्क लिने भएको छ । बैंकले बुधबार एक सूचना सार्वजनिक गर्दै साधारण शेयर आवेदन गरे वापत २५ रुपैयाँ शुल्क लिने भएको हो ।

बैंकले दिदै आएको प्राथमिक शेयर निष्कासन, थप सार्वजनिक निष्कासन, हकप्रद शेयर धितोपत्र खरिदको लागि लगानीकर्ताहरुबाट दरखास्त संकलन तथा सो सम्बन्धि कार्य गर्दै आएको छ । बैंकले अब सो सेवा उपलब्ध गराए वापत २५ रुपैयाँ शुल्क लिने जानकारी गराएको हो ।

साथै बैंकले हालसम्म सीआरएन नम्बर नलिएका इच्छुक खातावालाहरुलाई सीआरएन नम्बर लिन समेत आग्रह गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*