बैकिङ कारोबारतर्फ निफ्रा, सर्वसाधारणले मुद्दतिमा निक्षेप राख्न पाउने

६ श्रावण २०७८, बुधबार १४:२५

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) विस्तारै बैंकिङ कारोबारतर्फ अगाडि बढेको देखिएको छ । सो बैंकले कोर बैंकिङ सेवा दिन पाउने छैन । नेपाल राष्ट्र बैंकबाट अनुमति लिँदा नै परियोजनाहरुमा लगानी गर्ने र संस्थागत निक्षेप लिने भनेर अनुमति लिएकोले अन्य बैंकजस्तो नगद काउन्टर उक्त बैंकको हुने छैन । यद्यपि सो बैंकले अब सर्वसाधारणबाट निक्षेप स्वीकार गर्ने भएको छ ।

निफ्राले सर्वसाधारण व्यक्तिबाट समेत एक करोड रुपैयाँभन्दा बढिको निक्षेप लिने भएको छ । यसअघि संस्थागत निक्षेप मात्रै स्वीकार गर्दै आएको बैंकले अब सर्वसाधारणबाट समेत निक्षेप लिने भएको हो । सर्वसाधारणबाट निक्षेप लिएपनि ऋण भने प्रवाह गर्ने छैन ।

बैंकले कम्तिमा ५ वर्षका लागि निक्षेपको ब्याज दर निर्धारण गरेको छ । बैकिङ कारोबारतर्फ लागेको निफ्राले ५ देखि १० वर्ष अवधिका लागि संस्थागतलाई साढे ६ प्रतिशत ब्याज दिने निर्णय गरेको छ भने सर्वसाधारणलाई ७.२५ प्रतिशत ब्याज दिने छ । सर्वसाधारणले १० वर्षभन्दा माथि मुद्दतिमा निक्षेप राखेमा ७.२५ प्रतिशत ब्याज पाउनेछन् । संस्थागतले भने ६.६ प्रतिशत ब्याज पाउने बैंकले जनाएको छ ।

बैंकले लागू गरेको सो योजनाको लागि संस्थागतले कम्तिमा ५ करोड निक्षेप राख्नु पर्नेछ भने सर्वसाधारणले एक करोड रुपैयाँ निक्षेप राख्नु पर्नेछ । एक करोडभन्दा बढि जतिसुकै भएपनि बैंकले निक्षेप स्वीकार गर्नेछ ।

साथै सो बैंकले परियोजनाका लागि ब्याज निर्धारण गरेको छ । परियोजनाहरुले बैंकबाट नौं प्रतिशतदेखि ९.९९ प्रतिशतसम्म ब्याज दरमा ऋण पाउनेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*