ग्लोबल आइएमई बैंक र अर्गानिक नेपाल सहकारीबीच कुषि अनुदान सम्झौता

७ श्रावण २०७८, बिहीबार १३:३१

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेड र अर्गानिक नेपाल सहकारी संस्था लिमिटेड बीच कृषि अनुदान कर्जा सम्बन्धि सम्झौता पत्रमा हस्तान्तरण भएको छ । बैंकले आयोजित एक कार्यक्रमबीच बैंकका प्रमुख कार्यकारी अधिकृत रन्तराज बज्राचार्य र सहकारी संस्थाका अध्यक्ष केशव लाल श्रेष्ठबीच सहुलियतपूर्ण कर्जा प्रदान गर्न सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन ।

ग्लोबल आइएमई बैंकले सहुलियतपूर्ण कर्जाको एकिकृत कार्यविधि २०७५ अन्तर्गत अर्गानिक नेपाल सहकारीको सिफारिसमा सहकारीका शेयर सदस्य, उद्यमी, कृषक, कर्म तथा कम्पनीलाई कर्जा उपलब्ध गराउनेछ । साना किसानको पहुचँ पढाउने हितले सहकारीले आवश्यक तालिम पनि ब्यवस्था गर्न उक्त सम्झौता पत्रमा भनिएको छ ।

अहिले बैंकका ७ वटै प्रदेश तथा ७६ जिल्लामा २७३ शाखा, २४८ एटीएम २५७ शाखा रहित बैंकिङ सेवा, ४७ एक्सटेन्सन, राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय ८ सय भन्दा बढि सेवा केन्द्रबाट आफ्ना ग्राहकलाई सेवा दिदै आएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*