नेप्से १८ अंकले बढ्दा ११ अर्ब माथिको शेयर कारोबार

७ श्रावण २०७८, बिहीबार १५:४८

काठमाडौं । साताको अन्तिम कारोबारको दिन (बिहिबार) नेप्से परिसूचक १८ दशमलव ७५ अकंले बढेर ३००४ दशमलव ३१ बिन्दु कायम भएको छ ।

साताको अन्तिम कारोबारको दिन नेप्सेमा सूचीकृत २ सय २२ कम्पनीको ५ करोड ५९ लाख ६४ हजार ६२ कित्ता शेयर किनबेच हुदा ११ अर्ब ११ करोड ४१ लाख २१ हजार ६१६ रुपैयाँको कारोबार भएको छ ।

त्यस्तै, आज कृषि विकास बैंकको सर्वाधिक कारोबार भएको छ । नेप्सोमा बैंकको ४६ करोड २७ लाख ६४ हजार ६ सय ४० रुपैयाँको कारोबार भएको छ।

नेप्सेमा हरीयलाी छाएसँगै आज लक्ष्मी उन्नती कोष, सिइडिबी हाइड्रोपावर कम्पनी र ङाडी ग्रुप पावरको शेयरमा सर्किट लागेको छ ।लक्ष्मी उन्नती कोषको शेयर १० दशमलव ४ प्रतिशतले वृद्धि भएको छ भने सिईडिबी हाईड्रोपावर र ङाडी गुप्रको शेयर १० प्रतिशतले वृद्धि भएको छ।
त्यस्तै, हिमालयन पावर पार्टनरको शेयर ४ दशमलव ७ प्रतिशतले घटेको छ भने वरुण हाईड्रोपवारको शेयर ३ दशमलव ९३ प्रतिशतले घटेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*