यी हुन् आज सर्वाधिक कारोबार भएका १० कम्पनी

७ श्रावण २०७८, बिहीबार १५:५४

काठमाडौं । नेप्सेमा सूचीकृत मध्ये २ सय २२ कम्पनीका ५ करोड ५९ लाख ६४ हजार ६२ कित्ता सेयर ११ अर्ब ११ करोड ४१ लाख २१ हजार ६१५.७१ रुपैयाँमा खरिदबिक्रि भएको छ। साताको अन्तिम कारोबारको दिन ९बिहिबार० नेप्से परिसूचक १८ दशमलव ७५ अकंले बढेर ३००४ दशमलव ३१ बिन्दु कायम भएको छ ।

कृषि विकास बैंकको सर्वाधिक ४६ करोड २७ लाख रुपैयाँ बढीको कारोबार भएको छ। नेपाल बैंकको ३६ करोड ५ लाख रुपैयाँबराबरको कारोबार भएको आज एनआईसी एसिया बैंकको ३६ करोड ४ लाख रुपैयाँ, ङादी ग्रुप पावरको ३४ करोड ३४ लाख रुपैयाँ, सिद्धार्थ बैंकको ३२ करोड ८ लाख रुपैयाँ, मञ्जुश्री फाइनान्सको २८ करोड १६ लाख रुपैयाँ, अरुण काबेली पावरको २२ करोड १० लाख रुपैयाँ, नबिल बैंकको २१ करोड ४१ लाख रुपैयाँ, अरुण भ्याली हाइड्रोपावरको २१ करोड ३१ लाख रुपैयाँ र सानिमा बैंकको १९ करोड ८२ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*