यी हुन् आज सर्वाधिक कमाउने र गुमाउने कम्पनी

७ श्रावण २०७८, बिहीबार १५:५९

काठमाडौं ।साताको अन्तिम कारोबारको दिन नेप्सेमा सूचीकृत २ सय २२ कम्पनीको ५ करोड ५९ लाख ६४ हजार ६२ कित्ता शेयर किनबेच हुदा ११ अर्ब ११ करोड ४१ लाख २१ हजार ६१६ रुपैयाँको कारोबार भएको छ ।

आज विभिन्न ७ वटा लगानी कोष र कम्पनीको मूल्यमा पोजेटिभ सर्किट लागेको छ। लक्ष्मी उन्नति कोष, सीईडीबी हाइड्रोपावर र ङादी ग्रुप पावरको मूल्यमा १० प्रतिशत तथा पोखरा फाइनान्स, माउन्टेन हाइड्रो, लक्ष्मी इक्विटी फन्ड र ग्लोबल आईएमई समुन्नति फन्ड १ को मूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजेटिभ सर्किट लागेको छ। सिटिजन्स म्युचुअल फन्ड १, सिटिजन्स म्युचुअल फन्ड २, कालिका पावर र ग्रिन लाइफ हाइड्रोपावरको मूल्य १० प्रतिशत बढीले उकालो लागेको छ।

त्यस्तै, हिमालयन पावरको ४ दशमलव ७ प्रतिशत , बरुण हाईड्रोपावर कम्पनीको ३ दशमलव ९३ प्रतिशत , बिशाल बजार कम्पनीको ३ दशमलव १० प्रतिशत , सारथी नेपाल लघुवित्त वित्तीय संस्थाको २ दशमलव ८४ प्रतिशत  र सप्तकोशी डेभलोमेन्ट बैंक २ दशमलव ८३ प्रतिशत अकंले घटेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*