प्रिमियर इन्स्योरेन्सको लिलामी शेयरमा आवेदन दिने भोलि अन्तिम दिन

७ श्रावण २०७८, बिहीबार १७:३३

काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनीको लिलामी शेयरमा आवेदन गर्ने भोलि अन्तिम दिन रहेको छ । भोलि बैंकिङ् अवधिसम्ममा उक्त शेयरमा आवेदन दिन पाईने छ ।

कम्पनीले पाँच लाख ४८ हजार २५ कित्ता संस्थापक शेयर असार २७ गतेदेखि लिलामीमा ल्याएको हो । शेयरमूल्य न्यूनतम ५ सय ५० रुपैयाँ तोकिएको हुँदा सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ ।

लगानीकर्ताले न्यूनतम ५०० कित्ता र अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्ने व्यवस्था गरिएको छ। कम्पनीको विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल रहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*