एनआइसी एशिया बैंक २४औं वर्षमा प्रवेश

७ श्रावण २०७८, बिहीबार १८:४६

काठमाडौं । एनआइसी एशिया बैंक २४औं वर्षमा प्रवेश गरेको छ । बैंकले यस अवसरमा बैंकले विद्युतीय भुक्तानीमा २४ प्रतिशतसम्मको क्यासब्याक योजना ल्याएको छ ।
जस अन्तर्गत यस बैंकको डेबिट र क्रेडिट कार्ड प्रयोग गरी पोस तथा ई कमर्श भुक्तानी गर्दा तथा एनआईसी एशिया मो बैंक मार्फत क्युआर स्क्यान गरी भुक्तानी गर्दा २४ प्रतिशत वा अधिकतम ५०० सम्म क्यासब्याक योजना संचालनमा ल्याएको जनाएको छ । वार्षिकउत्सवको अवसरमा श्रावण ७ गते कार्ड वा एनआईसी एशिया मो बैंकबाट कारोबार गर्ने पहिलो एक हजार ग्राहकले यो सुविधा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।
आर्थिक वर्ष २०७७/७८ को तेस्रो त्रयमाससम्म आईपुग्दा वासलातको आकार, कर्जा प्रवाह, निक्षेप, स्वपुँजीमा प्रतिफल, शाखा सञ्जाल तथा एटिएमको संख्या लगायतका अधिकांश प्रमुख वित्तीय एवं गैर वित्तीय परिसूचकहरूमा देशकै सर्वोत्कृष्ट बैंक बन्न हामी सफल भएका छौं ।
२४ वर्षसम्ममा आइपुग्दा हामी मुलुकभर फैलिएको देशकै सबैभन्दा ठुलो सञ्जाल मार्फत ३५६ शाखा, ७० विस्तारित काउण्टर, ८१ शाखा रहित बैंकिङ्ग सेवा तथा ४७१ एटिएम मार्फत आफ्ना २७ लाख ३६ हजार भन्दा बढी निक्षेप खाता एवं ९१ हजार भन्दा बढी कर्जा खाता गरी २८ लाख २७ हजार भन्दा बढी खाताहरु मार्फत ग्राहक महानुभावहरू माझ गुणस्तरिय सेवा प्रवाह गरेको बैंकले जनाएको छ ।

साथै २४ वर्षको अवधिमा आफ्नो शेयरधनीहरुको लगानीमा उच्चतम प्रतिफल प्रदान गर्न हामी सफल भएका छौं । सर्वसाधारण शेयरधनीको सुरुवाती एक कित्ता पब्लिक शेयरको मूल्य हाल रु १३ हजार ६ सय ६२ हुन पुगेको छ, जुन सुरुवाती लगानी रकमको करिब १ सय ३६ गुणाको वृद्धि हो ।

बैंकिङ्ग सेवा तथा सुविधाहरू प्रदान गर्दै आइरहेकोमा यसलाई थप विस्तारित बनाउँदै हामीले जुनसुकै स्थानबाट, जुनसुकै समयमा पनि बैंकिङ्ग सेवाहरू उपभोग गर्न मिल्ने हिसाबले बैंकिङ्गको अवधारणा अङ्गीकार गर्ने रणनीति अख्तियार गरेका छौं । बैंकले डिजिटल पूर्वाधारहरूमा पर्याप्त लगानी गरी एक मूलभूत आधारशिला तयार गरिसकेकोले आ.व. २०७८/७९ मा ठोस डिजिटल रुपान्तरणको लक्ष्य लिई हामी अघि बढेका बैैंकले जानकारी गराएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*