२४ औं वार्षिकोत्सवमा एनआईसी बैंकको डिजिटल भुक्तानीमा २४ प्रतिशतसम्म क्यासब्याक पाइने

८ श्रावण २०७८, शुक्रबार ०७:५३

काठमाडौं । एनआइसी एशिया बैंक २४औं वर्षमा प्रवेश गरेको अवसरमा २४ प्रतिशतसम्म क्यासब्याक अफर ल्याएको छ । बैंकले यस अवसरमा बैंकले विद्युतीय भुक्तानीमा २४ प्रतिशतसम्मको क्यासब्याक योजना ल्याएको हो । जस अन्तर्गत यस बैंकको डेबिट र क्रेडिट कार्ड प्रयोग गरी पोस तथा ई कमर्श भुक्तानी गर्दा तथा एनआईसी एशिया मो बैंक मार्फत क्युआर स्क्यान गरी भुक्तानी गर्दा २४ प्रतिशत वा अधिकतम ५०० सम्म क्यासब्याक योजना संचालनमा ल्याएको जनाएको छ ।

आर्थिक वर्ष २०७७।७८ को तेस्रो त्रयमाससम्म आईपुग्दा वासलातको आकार, कर्जा प्रवाह, निक्षेप, स्वपुँजीमा प्रतिफल, शाखा सञ्जाल तथा एटिएमको संख्या लगायतका अधिकांश प्रमुख वित्तीय एवं गैर वित्तीय परिसूचकहरूमा देशकै सर्वोत्कृष्ट बैंक बन्न सफल भएको छ ।

‘नेपालको वित्तीय क्षेत्रमा आज हामी जहाँ छौं, जे छौं र जस्तो आकारका छौं त्यसको सम्पूर्ण श्रेय स्वभाविक रुपमा यहाँहरूलाई नै जान्छ । साथै, भविष्यमा अझ उन्नतस्तरको ‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ बन्न र सबैले गर्व गर्न सक्ने स्तरको सहज, सबल, गतिशील, विश्वसनीय र उत्तरदायी बैंक बन्दै सबैको पहिलो रोजाइको बैंक बन्न मन, वचन र कर्मले सदा सर्वदा लागि पर्ने संकल्प गर्दछौं’, बैंकका सिईओ रोशन कुमार न्यौपानेले भनेका छन् ।

२४ वर्षसम्ममा आइपुग्दा बैंकको देशैभरि ३५६ शाखा, ७० विस्तारित काउण्टर, ८१ शाखा रहित बैंकिङ्ग सेवा तथा ४७१ एटिएम मार्फत आफ्ना २७ लाख ३६ हजार भन्दा बढी निक्षेप खाता एवं ९१ हजार भन्दा बढी कर्जा खाता गरी २८ लाख २७ हजार भन्दा बढी खाताहरु मार्फत ग्राहक माझ गुणस्तरिय सेवा प्रवाह गर्न सफल भएको बैंकले जनाएको छ ।
२४ वर्षको अवधिमा आफ्नो शेयरधनीहरुको लगानीमा उच्चतम प्रतिफल प्रदान गर्न हामी सफल भएको बैंकले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*