मुक्तिनाथ विकास बैंकको ऋणपत्र बिक्री खुला

८ श्रावण २०७८, शुक्रबार ०७:३४

काठमाडौं । मुक्तिनाथ विकास बैंकको १ अर्ब २५ करोड रुपैयाँ बराबरको ऋणपत्र बिक्री खुला भएको छ । बैंकले साउन ७ गते देखि ७ वर्षे ‘८.७५ प्रतिशत मुक्तिनाथ डिबेञ्चर/ऋणपत्र’ नामक ऋणपत्रको बिक्री खुला गरेको हो ।

बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यको १२ लाख ५० हजार कित्ता ऋणपत्र जारी गरेको हो । जसमा वार्षिक ८ दशमलव ७५ प्रतिशत ब्याज पाइने छ ।उक्त ऋणपत्रमध्ये ७५ करोड रुपैयाँ बराबरको ७ लाख ५० हजार कित्ता व्यक्तिगत तवरबाट र ५० करोड रुपैयाँ बराबरको ५ लाख कित्ता ऋणपत्र सर्वसाधारणलाई बिक्री गरिने क्यापिटलले जानकारी गराएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*